नियम २१
बजेट तयारीमा तालुक कार्यालयको कर्तव्य
(१) नियम २० मा उल्लेख भए बमोजिम बजेट सीमाभित्र रहेर आवश्यक बाँडफाँड गरी सीमा तोकी बजेट तयार गर्न गराउन लगाउने कर्तव्य सम्बन्धित तालुक कार्यालयको हुनेछ । सम्बन्धित तालुक कार्यालयले आफू अन्तर्गत रहेका विभाग वा कार्यालयलाई अर्थ मन्त्रालयबाट बजेट तर्जुमा सम्बन्धी परिपत्र प्राप्त भएको सात दिनभित्र बजेट तयार गर्ने निर्देशन पठाउनु पर्नेछ ।
(२) अन्तर्गतका कार्यालयबाट बजेट अनुमान तथा वार्षिक कार्यक्रम प्राप्त भएपछि सो छानबिन गरी बजेट सीमा, आवधिक योजनाको नीति अनुरूप र उपलब्धीमूलक भए वा नभएको जाँची अन्तिम रूप दिई बजेट दिग्दर्शन र अर्थ मन्त्रालयको परिपत्रको अतिरिक्त नियम २० को उपनियम (१) बमोजिम वार्षिक कार्यक्रम समेत तयार गरी बजेट दिग्दर्शनमा तोकिएको समयमा पुग्ने गरी सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखामा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम बजेटलाई अन्तिम रूप दिंदा बजेट सीमा अनुरूप भए वा नभएको र उपलब्धिमूलक भए वा नभएको प्रष्ट गर्नु पर्नेछ ।